Sunday, June 14, 2009

श्री माताजीद्वारा आत्मसाक्ष्यात्कार

श्री माताजीद्वारा आत्मसाक्ष्यात्कार

Tuesday, February 24, 2009

Contact Us / संपर्क

संपर्क

कपन, आकासेधारा, काठमाडौं, नेपाल

फोन नम्बर
९७७-०१-४८११०१६, ९७७-९८४१२७०८१५, ९७७-९८४१३८३८३२, ९७७-९८४१३५१२१९, ९७७-९८४१७४८४०४
ईमेल -

kapancollective@yahoo.com


ठेगाना: राइजिङ्ग स्टार स्कुल, बाफल(पुरानो कालिमाटि) , काठमाण्डौ, नेपाल

Contact:

Aakashedhara, Kapan, Kathmandu, Nepal

Phone Numbers:
977-01-4811016, 977-9841270815, 977-9841383832, 977-9841351219, 977-9841748404

Email:
kapancollective@yahoo.com


Address: Rising Star Secondary School, Baafal (Purano Kalimati), Kathmandu, Nepal.
E-mail: info@Sahajayoganepal.org

Sunday, February 22, 2009

सहजयोगको नयाँ पम्प्लेट / Sahajayoga's new Nepalese Pamplet

सहजयोगको नयाँ पम्प्लेट तयार भएको छ । कृपया डाउनलोड को लागि तल हेर्नुहोला ।
डाउनलोड गर्नुहोस

Sahajayoga's new Nepalese Pamplet
Download here

धन्यवाद

Thursday, February 19, 2009

चक्रहरु



नियमित ध्यान धारणाका लाभहरु

नियमित ध्यान धारणाका लाभहरु
१। व्यक्ति शान्त हुनेछन् र उसलाई तनाव कम हुनेछ ।
२। शारीरिक स्वास्थमा सुधार ।
३। गहिरो निद्रा लाग्छ ।
४। पारिवारिक जीवन र सबै संबन्ध प्रेममय हुनेछन् ।
५। धूम्रपान मद्यपान आँखाको अस्थिरता आदि दुर्गुण स्वतः टाढा हुनेछन् र सबै खराब बानीहरु छुट्नेछन् ।
६। सर्वसामान्य गृहस्थ जीवन बिताउँदै गहन आध्यात्मिक अवस्था प्राप्त हुनेछ ।
७। आन्तरिक चेतनाले हामी आफ्नो पथ प्रदर्शन गर्न सक्छौं ।

सहजयोग संस्थापिका श्री माताजी


सहजयोग संस्थापिका श्री माताजी

गुजरातको नारगोल नामक स्थानको समुद्र तटमा ध्यान गर्दै परमपावनी श्री माताजीले ५ मे १९७० ई।समा ब्रम्हाण्डको सहस्रार खोल्नुभयो । वहाँलाई लाग्यो कि त्यो समय आइसक्यो जब मानवलाई सामूहिक रुपमा आत्मसाक्षात्कार प्राप्त हुनुपर्छ । यसभन्दा पहिले जीवनभर तपस्याको पश्चात केहीले मात्र आत्मसाक्षात्कार प्रात्त गर्न सक्दथे ।

पछिल्ला वर्षहरुमा अथक यात्राहरु गरेर श्री माताजीले विश्वभरका हजारौं मानिसहरुलाई आत्मसाक्षात्कार प्रदान गर्नुभयो । उनको यो अद्वितीय कार्यको लागि वर्ष १९८९ ई।समा उनलाई संयुक्तराष्ट्र शान्तिपुरस्कारबाट सम्मानित गरियो र अन्तर्राष्ट्रिय चिकित्सकीय एवं सामाजिक मामलाको सम्मेलनमा संबोधित गर्नको लागि आमन्त्रित गरियो ।

श्री माताजीको जन्म भारतको मध्यप्रदेशको िछंदवाडा नामक स्थानमा ई।स १९२३ २१ मार्च दिउँसो बाह्र बजे भएको थियो ।

श्री माताजी वास्तवमा आध्यात्मिक आमा हुनुहुन्छ जसले कुण्डलिनी जागृित¢ारा पुर्नजन्म प्रदान गर्नुहुन्छ । सहजयोग ध्यान धारणा र उनको प्रवचनले हामीलाई उत्क्रान्ति प्राप्त गर्नको लागि पोषण। संतोष एवं पथप्रदर्शन गर्दछन् । सहजयोगीहरु प्रसन्न एवं सन्तुष्ठ मानिसहरु हुन् जो जीवनको हरेक पक्षको आनन्द उठाउँछन् । सहजयोगको उच्चतम अवस्थालाई प्राप्त गर्नको लागि श्री माताजीलाई पहिचान गर्नु र उहाँको सम्मान गर्नु आवश्यक छ । ध्यान गर्ने बेलामा स्वयंलाई यो प्रश्न सोध्नुहोस् माताजी श्री निर्मला देवी को हुन् यो प्रश्नको उत्तर तपाईको मस्तिष्कबाट होइन तपाईको आन्तरिक अनुभूतिबाट प्राप्त हुनेछ ।

सूक्ष्म तन्त्र र तीन नाडिहरु

सूक्ष्म तन्त्र
हरेक मानिसको शरीर भित्र तीन नाडीहरु एवं सात वटा चक्रको सूक्ष्म तन्त्र हुन्छ । यी चक्रहरुले हाम्रो जीवनको सबै पक्षको नियन्त्रण गर्दछन् । तलका चक्रहरुले मूल जैविक गतिविधिहरु तथा माथिको चक्रले ह्दय एवं मस्तिष्कको साथै सहस्रार एवं त्यो भन्दा पनि माथि घटित हुने आध्यात्मिक अवस्थाको नियन्त्रण गर्दछ । वांया ह्दयको भित्र विद्यमान आत्मा (चेतना) हाम्रो सार तत्व हो । तर यसको ज्ञान प्राप्त गर्नको लागि बाहिरी विचार प्रवाहलाई रोकेर सत्यको साक्षी हुनको लागि अन्तर्मुखी हुनु आवश्यक छ ।

एकदम नै सुन्दर व्यवस्था गरीएको छ ताकि ठिक समयमा पावन अस्थिमा विद्यमान सुप्त पावन आध्यात्मिक उर्जा कुण्डलिनी हुन सकून् । कुण्डलिनी जब जागृत हुन्छ तब त्यसले चित्तलाई भित्र तान्दछ र स्वतः नै हाम्रा विचारहरु शान्त हुन थाल्दछन् तथा हामी यस्तो अवस्थामा पुग्छौं जसलाई निर्विचार समाधि भनिन्छ । यो नै आत्मसाक्षात्कारको पहिलो अवस्था हो ।

सहजयोगको एक अर्को लाभ यो छ कि हाम्रो भित्र चैतन्य चेतना विकसित हुन्छ जुन आफ्नो भित्रको सूक्ष्म शरीरको अवस्था बुझ्न सक्ने योग्यता हो । जसरी यस पुस्तिकाको आवरण पृष्ठमा देखाइएको छ त्यसको अनुरुप चक्रको स्थितिलाई आफ्नो हातमा महसूस गर्न सकिन्छ ।

हातको कुनै पनि औंलामा धोचेको जस्तो या दुःखेको जस्तो भएमा त्यस चक्रमा बाधा रहेछ भन्ने इशारा गर्दछ । वांया हातमा वांया नाडीतन्त्र दांया हातमा दांया नाडीतन्त्र तथा दुवै हातमा यस प्रकारको अनुभूतिले मध्य नाडीतन्त्रको बाधाहरुको अनुभव गर्दछ । औंलाको टुप्पामा तथा हातको हत्केलामा शीतल हावाको प्रवाहले यो तथ्यलाई दर्शाउँछ कि परमेश्वरी चैतन्य लहरीहरु अबोध रुपमा बहिरहेका छन् ।

तीन नाडिहरु

१ ईडा नाडी बायाँ नाडीतन्त्र
बायाँ पक्ष यदि स्वस्थ भएमा हामी भावनात्मक रुपमा सन्तुलित हुन्छौं । वायाँ पक्षमा बाधा भएमा हामी आलसी स्वयंलाई धिक्कार्ने तथा अरुको प्रभुत्वको सम्मुख झुक्ने बन्दछौं । यो वाधालाई ठिक गर्नको लागि पृथ्वी र अग्नि तत्वको उपयोग गर्न सकिन्छ ।

२ पिंगला नाडी दायाँ नाडीतन्त्र
हाम्रो दायाँ नाडीतन्त्रले हामीलाई संचालन सृजनात्मकता तथा कार्यहरुलाई पूर्ण गर्ने योग्यता प्रदान गर्दछ । हामी यदि दायाँ तर्फ अधिक गयौं भने आक्रमक भयौं भने हामी नीरस हुन्छौं आलोचना गछौं र धाक जमाउँछौं । जल तत्वले दायाँ पक्षको अतिशय गर्मीलाई शान्त गर्दछ ।

३ सु्शुम्ना नाडी मध्य नाडीतन्त्र
मध्य नाडीतन्त्रमा स्थित भएपछि हामी सन्तुलित हुन्छौं र उत्क्रान्तिको योग्य हुन्छौं । नियमित ध्यान धारणा हाम्रो मध्य नाडीतन्त्रलाई सुदृढ गर्दछ तथा हामी शान्त एवं मधुर बन्दछौं ।