Thursday, February 19, 2009

सूक्ष्म तन्त्र र तीन नाडिहरु

सूक्ष्म तन्त्र
हरेक मानिसको शरीर भित्र तीन नाडीहरु एवं सात वटा चक्रको सूक्ष्म तन्त्र हुन्छ । यी चक्रहरुले हाम्रो जीवनको सबै पक्षको नियन्त्रण गर्दछन् । तलका चक्रहरुले मूल जैविक गतिविधिहरु तथा माथिको चक्रले ह्दय एवं मस्तिष्कको साथै सहस्रार एवं त्यो भन्दा पनि माथि घटित हुने आध्यात्मिक अवस्थाको नियन्त्रण गर्दछ । वांया ह्दयको भित्र विद्यमान आत्मा (चेतना) हाम्रो सार तत्व हो । तर यसको ज्ञान प्राप्त गर्नको लागि बाहिरी विचार प्रवाहलाई रोकेर सत्यको साक्षी हुनको लागि अन्तर्मुखी हुनु आवश्यक छ ।

एकदम नै सुन्दर व्यवस्था गरीएको छ ताकि ठिक समयमा पावन अस्थिमा विद्यमान सुप्त पावन आध्यात्मिक उर्जा कुण्डलिनी हुन सकून् । कुण्डलिनी जब जागृत हुन्छ तब त्यसले चित्तलाई भित्र तान्दछ र स्वतः नै हाम्रा विचारहरु शान्त हुन थाल्दछन् तथा हामी यस्तो अवस्थामा पुग्छौं जसलाई निर्विचार समाधि भनिन्छ । यो नै आत्मसाक्षात्कारको पहिलो अवस्था हो ।

सहजयोगको एक अर्को लाभ यो छ कि हाम्रो भित्र चैतन्य चेतना विकसित हुन्छ जुन आफ्नो भित्रको सूक्ष्म शरीरको अवस्था बुझ्न सक्ने योग्यता हो । जसरी यस पुस्तिकाको आवरण पृष्ठमा देखाइएको छ त्यसको अनुरुप चक्रको स्थितिलाई आफ्नो हातमा महसूस गर्न सकिन्छ ।

हातको कुनै पनि औंलामा धोचेको जस्तो या दुःखेको जस्तो भएमा त्यस चक्रमा बाधा रहेछ भन्ने इशारा गर्दछ । वांया हातमा वांया नाडीतन्त्र दांया हातमा दांया नाडीतन्त्र तथा दुवै हातमा यस प्रकारको अनुभूतिले मध्य नाडीतन्त्रको बाधाहरुको अनुभव गर्दछ । औंलाको टुप्पामा तथा हातको हत्केलामा शीतल हावाको प्रवाहले यो तथ्यलाई दर्शाउँछ कि परमेश्वरी चैतन्य लहरीहरु अबोध रुपमा बहिरहेका छन् ।

तीन नाडिहरु

१ ईडा नाडी बायाँ नाडीतन्त्र
बायाँ पक्ष यदि स्वस्थ भएमा हामी भावनात्मक रुपमा सन्तुलित हुन्छौं । वायाँ पक्षमा बाधा भएमा हामी आलसी स्वयंलाई धिक्कार्ने तथा अरुको प्रभुत्वको सम्मुख झुक्ने बन्दछौं । यो वाधालाई ठिक गर्नको लागि पृथ्वी र अग्नि तत्वको उपयोग गर्न सकिन्छ ।

२ पिंगला नाडी दायाँ नाडीतन्त्र
हाम्रो दायाँ नाडीतन्त्रले हामीलाई संचालन सृजनात्मकता तथा कार्यहरुलाई पूर्ण गर्ने योग्यता प्रदान गर्दछ । हामी यदि दायाँ तर्फ अधिक गयौं भने आक्रमक भयौं भने हामी नीरस हुन्छौं आलोचना गछौं र धाक जमाउँछौं । जल तत्वले दायाँ पक्षको अतिशय गर्मीलाई शान्त गर्दछ ।

३ सु्शुम्ना नाडी मध्य नाडीतन्त्र
मध्य नाडीतन्त्रमा स्थित भएपछि हामी सन्तुलित हुन्छौं र उत्क्रान्तिको योग्य हुन्छौं । नियमित ध्यान धारणा हाम्रो मध्य नाडीतन्त्रलाई सुदृढ गर्दछ तथा हामी शान्त एवं मधुर बन्दछौं ।

1 comment:

  1. Colonel A S Malik with wife visiting Kathmandu 14 Apr to 17 Apr, e-mail amarmalik51@yahoo.com want to meet you. when possible

    ReplyDelete