Wednesday, February 18, 2009

आत्मसाक्ष्यात्कारको अनुभव तत्काल अहिलेनै गर्नुहोस

श्रीमाताजीको साकारमा या वँहाको फोटोग्राफको अगाडि कुण्डलिनी जागृत हुन्छ तथा श्रीमाताजीको कृपाले आत्मसाक्षात्कारी व्यक्ति पनि कुण्डलिनी जागृत गर्न सक्दछन् ।
कुनै शान्त स्थान खोज्नुहोस् श्रीमाताजीको फोटोग्राफलाई कुनै स्वच्छ एवं सुन्दर टेवल आदिमा स्थापित गर्नुहोस् र आफ्ना दुवै हात श्रीमाताजीको अगाडि फैलाएर आरामसँग बस्नुहोस् । हातका हत्केलाहरु फोटोतर्फ राख्नुहोस् । आँखा बन्द गर्नुहोस् र विचारहरुलाई शान्त हुन दिनुहोस् । कुनै पनि प्रकारको शारीरिक या मानसिक कि्रया गर्ने या अरु केही प्रयत्न गर्ने आवश्यकता छैन । यो नै राम्रो हुन्छ कि शान्तिपूर्वक बस्नुहोस् र सहजयोग उत्थानप्रणालीलाई आफ्नो कार्य गर्न दिनुहोस् ।


१) दायाँ हात आफ्नो ह्दयमा राख्नुहोस् र स्वयंलाई यो प्रश्न सोध्नुहोस् कि

श्री माताजी के म आत्मा हुँ ? यो पनि ३ पटक भन्ने





२) आफ्नो दायाँ हातलाई पेटको माथिल्लो भागको वायाँपट्टि राख्नुहोस् र हल्काले थिच्नुहोस् । स्वयंसँग निम्न प्रश्न सोध्नुहोस् कि
श्री माताजी के म स्वयंको गुरु हुँ ? यो पनि ३ पटक भन्ने




३) आफ्नो दायाँ हातलाई पेटको तल्लो भागको वायाँपट्टि राख्नुहोस् र हल्काले विस्तारै थिच्नुहोस् । किनकि यस ठाँउमा स्वाधिष्ठान चक्र हुन्छ जसका ६ वटा पंखुडीहरु हुन्छन् अतः ६ पटक निम्न प्रार्थना गर्दै भन्नुहोस्
श्री माताजी कृपा गरेर मलाई शुद्ध विद्या प्रदान गर्नुहोस् ।


४) आफ्नो दायाँ हातलाई पुनः पेटको माथिल्लो भागको वायाँपट्टि राख्नुहोस् र हल्काले थिच्नुहोस् । किनकि यस ठाँउमा नाभी चक्र हुन्छ जसका १० वटा पंखुडीहरु हुन्छन् अतः यहाँ पनि १० पटक निम्न प्रार्थना गर्दै १० पटक भन्नुहोस् कि
श्री माताजी म स्वयंको गुरु हुँ ।

५) दायाँ हात पुनः आफ्नो ह्दयमा राख्नुहोस् र बारम्बार भन्नुहोस् कि
श्री माताजी म आत्मा हुँ ।





) आफ्नो गर्दनलाई दायाँ काँध तर्फ धुमाउनुहोस् र दायाँ हातलाई वायाँ काँध र गर्दनको बीचमा राख्नुहोस् र १६ पटक निम्न प्रार्थना गर्दै भन्नुहोस् कि
श्री माताजी म दोषी छैन ।




७) आफ्नो दायाँ हातले निधारमा टाउको दुःखेको बेलाजस्तो गरी समात्नुहोस् तथा ह्दय देखि जति मन लाग्यो त्यति पटक निम्न प्रार्थना गर्दै भन्नुहोस् कि
श्री माताजी मैले सबैलाई क्षमा गरें । आफ्ना गल्तीहरुको लागि म स्वयंलाई पनि क्षमा गर्दछु ।

८) आफ्नो दायाँ हातलाई टाउकाको पछाडि भागमा पछाडिको आज्ञा चक्रमा राख्नुहोस् । शिरलाई पछाडि अलिकति झुकाउनुहोस् जसले गर्दा तपाईको शिर आकाशतर्फ उठोस् । बिना दोष भाव ह्दय देखि निम्न प्रार्थना गर्दै भन्नुहोस् कि
श्री माताजी जानेर नजानेर मैले कुनै अपराध गरेको भए कृपा गरी मलाई क्षमा गरीदिनुहोस् ।

९) आफ्नो दायाँ हातको हत्केलालाई फट्टुउनुहोस् र यसलाई टाउकाको तालू भागमा ब्रम्हरन्ध्र राख्नुहोस् । आफ्नो दायाँ हातको हत्केलाले शिरको छालालाई घडीको सुईको दिशामा घुमाउँदै ह्दय देखि विनम्रतापूर्वक निम्न प्रार्थना गर्नुहोस् ।
श्री माताजी कृपा गरेर मलाई आत्मसाक्षात्कार प्रदान गरीदिनुहोस् ।

१०) अब पहिले आफ्नो बायाँ हात श्री माताजीको तर्फ गर्नुहोस् र आफ्नो दायाँ हातलाई तालू भाग भन्दा केही इन्च माथि राखेर तालूबाट निस्किरहेको चैतन्य लहरीहरुलाई महसूस गर्नुहोस् र फेरी आफ्नो दायाँ हात श्री माताजीको तर्फ गर्नुहोस् र आफ्नो बायाँ हातलाई तालू भाग भन्दा केही इन्च माथि राखेर तालूबाट निस्किरहेको चैतन्य लहरीहरुलाई महसूस गर्नुहोस् ।

११) दुबै हातलाई काँधभन्दा माथि गर्नुहोस् र यो प्रश्न सोध्नुहोस्
श्री माताजी के यही परमेश्वरी चैतन्य शक्ति हो ? ३ पटक भन्नुहोस्

आफ्ना दुवै हातलाई श्री माताजीको फोटोग्राफ अगाडि फैलाउनुहोस् र केही समय ध्यान गर्नुहोस् । आफ्नो आँखा खोलेर केही विचार नगरी श्री माताजीको फोटोग्राफ तर्फ हेरीरहन पनि सक्नुहुन्छ । हातका हत्केलाहरुमा र शिरको तालू भागमा शीतल चैतन्य लहरीहरुको अनुभूति र निर्विचार शान्तिको स्थिति कुण्डलिनीको उत्थानलाई दर्शाउँछ । जसरी फूलबाट फल बन्दछ त्यसरी नै तपाईहरु पनि बन्नुहोस् । तपाईको भित्र यसको अन्र्तजात व्यवस्था छ । यसलाई कार्य गर्न दिनुहोस् ।

No comments:

Post a Comment