Thursday, February 19, 2009

सहजयोग के हो ?

सहज अर्थात अन्तरजात, स्वाभाविक, स्वतः आफैं हुने तथा योग अर्थात हाम्रो चित्तको परमात्मासँगको एकाकारीता । हरेक मनुष्यमा जन्मदेखि नैं एक सूक्ष्मतन्त्र रहेको हुन्छ जुन जागृत भएपछि सहजयोगलाई प्राप्त गर्दछ अर्थात परमात्मासँग स्वतः घटित हुने एकाकारीता । यही अनुभूतिलाई आत्मसाक्षात्कार भनिन्छ तथा सबै धर्म तथा ग्रन्थहरुमा यसैको वर्णन गरीइएको पाइन्छ । सहजयोग तथा अन्य धार्मिक विधिहरुमा अन्तर केवल यो छ कि आत्मसाक्षात्कार हाम्रो आध्यात्मिक उत्क्रान्तिको आरम्भ हो नकि कुनै दुर्लभ लक्ष्य । तर यस आध्यात्मिक शक्ति कुण्डलिनीको जागृति प्राप्त गर्नको लागि साधकमा सत्यलाई जान्ने शुद्ध इच्छा हुनुपर्दछ साथै कुनै साक्षात्कारी व्यक्तिको उपस्थिति हुनु पनि आवश्यक छ ।

जसरी चार्टमा देखाइएको छ कि जागृत भएपछि कुण्डलिनी पावन अस्थिबाट माथि उठ्दछिन् । सुष्ाम्ना मध्यनाडी तन्त्र को मार्गमा रहेका ६ वटा चक्रहरुलाई भेदन गर्दै यी उर्जाकेन्द्रहरुलाई प्रकाश एवं पोषण प्रदान गर्दै कुण्डलिनी माथि उठ्दछिन् । जब कुण्डलिनी छैठो चक्र आज्ञा चक्रलाई पार गर्दछिन् तब साधक निर्विचार चेतनाको स्थितिमा पुग्दछ तथा उसलाई दिव्य शान्तिको अनुभव प्राप्त हुन्छ । साँचो ध्यान धारणाको यो प्रथम अवस्था हो । प्रतिदिन केही क्षणको निर्विचारीताको अवस्था प्राप्त भएमा मात्र हाम्रो जीवनको सबै शारीरिक मानसिक भावनात्मक र आध्यात्मिक पक्ष सुधि्रदछ । आफ्नो चारैतर्फको संसारसँग हाम्रो सामंजस्य स्थापित हुन्छ र दैनिक जीवनको उतार चढावले हामीलाई कम प्रभावित् पार्दछ ।

तालूमा स्थित सातौं चक्र सहस्रार चक्र सहस्र दल कमल हुँदै कुण्डलिनी शिरको तालू अस्थिलाई भेदन गर्दछिन् र परम चैतन्यसँग यसको मिलन हुन्छ । हातको हत्केलाहरुमा र शिरको शिखरतालू भागमा शीतल चैतन्य लहरीहरुको रुपमा हामीलाई यसको अनुभूति हुन्छ । शरीर मन बुद्धि एवं अहंकारको प्रभाव हामीमा कम हुन्छ र हामी आफ्नो सत्य स्वभावको आत्मा स्वरुपमा महसूस गर्दछौं । यही आत्मसाक्षात्कार हो । यो अत्यन्त सुन्दर एवं दिव्य अनुभूति हो ।

१२० भन्दा अधिक देशमा सहजयोग ध्यान केन्द्रमा प्रतिदिन हजारौं मानिसहरु आत्मसाक्षात्कार प्राप्त गरेर चेतनाको उन्नत अवस्थामा उन्नत भइरहेका छन् । आध्यात्मिक पोषणबाट प्राप्त हुने स्वतन्त्रता एवं प्रसन्नता उनीहरुलाई प्राप्त भएको छ ।

सृजन गर्ने शक्तिसँग एकाकारीता प्राप्त गरे बिना तपाई आफ्नो जीवनको अर्थ बुझ्न सक्नुहुँदैन ।
परम पूज्य माताजी श्री निर्मला देवी

No comments:

Post a Comment